खेल

नेपाललाई पाँचौं स्वर्ण, कुन देशले कति जिते ?

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले ५ वटा स्वर्ण पदक हात परको छ। सोमबार दिउँसो १ बजेसम्म भएको प्रतियोगितामा पदकको आधारमा नेपाल शीर्ष स्थानमा छ। 

कँरातेको व्यक्तिगत काता पुरुषतर्फ नेपालका मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए। उनले पाकिस्तानका नियमातुल्हालाई फाइनलमा हराउँदै पहिलो स्वर्ण दिलाएका हुन्।

त्यस्तै ट्रायथोलनमा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जतिन। तीन देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले स्वर्ण जितेकी हुन्।

तेक्वान्डो पुम्सेमा कमले श्रेष्ठले स्वण जीतेका हुन्।  

त्यस्तै २३ वर्ष मुनीको महिला पुम्सेमा नेपालले गोल्ड मेडल हात पारेको हो।

त्यस्तै पुरुष सिनियर कराँते अन्तर्गतको काता नेपालले गोल्ड मेडल हात पारेको छ। नेपालले श्रीलंकालाई पराजित गरेको हो। नेपालले २५ दशमलव ५४ अंक प्रप्त गर्यो। पराजित श्रीलंकाले २५ दशमलव २८ अंक मै सीमित भयो। 

यता भारत, श्रीलंका, बंगालादेश र पाकिस्तानले १–१ वटा गोल्ड मेडाल हातपारेका छन्।

प्रकाशित: १६ मंसिर २०७६ ०७:५४ सोमबार

साग स्वर्ण