खेल

सागको उद्घाटन समारोह सुरु

फाइल फोटो

काठमाडौं– १३ दक्षिण एसियाली खेलकूद (साग) मा सरकारको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सम्वोधन गर्ने भएका छन्।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रमतय भएको थियो। प्रधानमन्त्री ओली अस्वस्थ्य भएपछि प्रतियोगितालाई पोखरेलले सम्बोधन गर्ने भएक हुन्।

उद्घाटन समारोहमा युवा तथा खेलकूदमन्त्री जगतबहादूर विश्वकर्माले पनि सम्बोधन गर्ने कार्यक्रमतय भएको छ। त्यस अघि राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश शिलवाल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पनि सम्बोधन गर्ने छन्।

त्यस्तै सार्क देशका विभिन्न पधादिकारीहरुले पनि कार्यक्रमलाई सम्बोधन गर्ने उद्घाटन समारोहमा उल्लेख गरिएको छ। 

समारोहलाई भने राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने छिन्।

कार्यक्रममा सातै देशबाट मार्चपास समेत प्रस्तुती हुनेछ। नेपालले पनि करिब दुई घण्टा ५० मिनेट चल्ले उद्घाटन समारोहलाई राखेपले विभिन्न २४ सेग्मेन्टमा विभाजन गरेकोे छ।  

 
 

प्रकाशित: १५ मंसिर २०७६ १०:४० आइतबार

साग इश्वर_पोखरेल