खेल

पुरुष भलिबलको स्वर्ण पदकका लागि पाकिस्तान र भारत भिड्ने

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकूद (साग) पुरुष भलिबलको फाइनलमा पाकिस्तान र भारत भिड्ने भएका छन्।

आइतबार सम्पन्न सेमिफाइनलको खेलमा श्रीलंकालाई पराजित गर्दै पाकिस्तान फाइनमा प्रवेश गरको हो।उक्त खेलको पहिलो सेटमा पाकिस्तान २५–१५ ले विजयी भयो। 

त्यस्तै दोस्रो सेट २५–२१ ले पाकिस्तानले जित्यो। प्रतिस्पर्धी बनेको तेस्रो सेट पनि पाकिस्तानले २६–२४ले जित्यो। पाकिस्तान समूह ‘बी’ को उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरकेको थियो।

यता सेमिफाइनलको पहिलो खेलमा भारतले बंगलादेशलाई हरायो। भारतले ३–१ को सेटमा नजिता आफ्नो पक्षमा पार्यो। प्रतिस्पर्धात्मक बनेको खेल भारतले २७–२५, २५–१९, २१–२५ र २५–२१ जितेको थियो। 

भारत समूह ‘ए’को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो। भारत र पाकिस्तानले मंगलबार स्वर्ण पदकका लागि लागि प्रतिस्पर्धा गर्नेछन्।

राजनीतिक रुपमा द्वन्दात्मक अवस्था रहेको भारत र पाकिस्तानबीचको प्रतिस्पर्धा अर्थपूर्ण रुपमा लिने गरिन्छ। पाकिस्तान र भारतबीच हुने हरेक प्रतिस्पार्धालाई राजनीतिक आँखाले हेरिने हुँदा यी दुईबीचको प्रतिस्पार्धा रोचक हुने गरेको हो।

कास्य पदकका लागि भने भारतसंग पराजित भएको बंगलादेश र पाकिस्तानसंग पराजित श्रीलंकाबीच हुने छ। 

प्रकाशित: १५ मंसिर २०७६ ०९:१५ आइतबार

साग भलिबल पाकिस्तान भारत