खेल

पुरुष भलिबलबाट माल्दिभ्स आउट: श्रीलंका र पाकिस्तान सेमिफाइनलमा

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष भलिबलमा श्रीलंकाले जीत दर्ता गराएको छ। शुक्रबार साँझ त्रिपुरेश्वर स्थित कवर्डहलमा भएको खेलमा श्रलिंकाले माल्दिभ्सलाई तीन शुन्यको सोझो सेटमा पराजित गरेको हो।

समुह ‘बि’ मा रहेको श्रीलंकाले माल्दिभ्सलाई २५-१८, २५-२३ र २५-१७ मा पराजित गरेको हो। हिजो भएको पाकिस्तानसँगको खेलमा पनि माल्दिभ्स पराजित भएको थियो।

एक एक खेल जितेका श्रीलंका र पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेका छन्। दुबै खेल हारेको माल्दिभ्स पुरुष भलिबलबाट बाहिरी सकेको छ। पाकिस्तानले माल्दिभ्सलाई हिजो २५–१६, २५–२३ र २५–१५ पोइन्टमा पराजित गरेको थियो।

समूह ‘ख’ अन्तर्गत लिगको अन्तिम खेल भोली पाकिस्तान र श्रीलंकाबीच हुने छ। जसले समूह विजेता र उप विजेता टुंगो लगाउने छ। भोली उक्त खेलमा विजयी हुने टोलीले समुह ‘ए’ को उपविजेता बंगलादेशसंग फाईनलका लागि प्रतिस्पर्धा गर्ने छ।

त्यस्तै पराजित टिमले समूह ‘ए’ को विजेता भारतसंग प्रतिस्पार्धा गर्ने छ। सेमिफाइनलका खेल भोली नै हुने छ। फाइनल आइतबार हुने खेलतालिका छ। पुरुष भलिबलबाट नेपाल यस अघि नै बाहिरिसकेको छ। 

प्रकाशित: १३ मंसिर २०७६ १४:३४ शुक्रबार

साग भलिबल