खेल

साग फुटबलः २८ घण्टाको अन्तरमा दुई देशसंग भिड्दै नेपाल

फाइल फोटो

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पाँच टिमले मात्र सहभागिता जनाउने भएका छन्।

अन्तिम समयमा भारतले सहभागिता नजनाउने भएपछि पुरुष फुटबल टिमको खेल तालिका समेत परिवर्तन भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको नयाँ तालिका अनुसार नेपालले पहिलो खेल भूटानसँग खेल्ने भएको छ।

खेल राउण्डरोविन लिगका आधारमा हुने छ। उत्कृष्ट दुई टिमले फाइनल खेल्ने छन्। नेपालले भूटानसंग डिसेम्बर तीन तारिखमा पहिलो खेल खेल्ने छ। त्यस्तै चार तारिकमा श्रीलंका भिड्दै छ। जुन खेलको तालिकाको समय अन्तर २८ घण्टामात्रै रहेको छ।

अन्य देशको खेल तालिका पनि उस्तै व्यस्त खाले देखिन्छ। नेपालले अर्को खेल ६ तारिकमा माल्दिभ्ससंग खेल्ने छ। लिगका अन्तिम खेल भने आठ तारिखमा बंगलादेशसँग हुने छ। सम्पूर्ण खेल दशरथ रंगशालामा हुनेछ।

सार्वजानिक भएको खेल तालिकामा पहिलो र दोस्रो खेलको अवधि थोरै हुँदा खेलाडीहरु अत्यान्तै व्यस्त र थकित हुने देखिन्छन्।

 

प्रकाशित: १२ मंसिर २०७६ १२:१८ बिहीबार

साग फुटबल