खेल

सागको तयारी पुरा

काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बिहीबार काठमाडौंमा संचारकर्मीहरुसँग कुरा गर्दै सागको व्यवस्थापन र खेलकुद सञ्चालन सम्बन्धी सबै तयारी पुरा भएको बताए। 

त्यस्तै मंसिर १५ गते आइतबार साँझ ५ बजे सागको भव्य समुद्घाटन दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने मन्त्री विश्वकर्माले जानकारी दिए।

समुद्घाटन कार्यक्रममा देश विदेशबाट विभिन्न विशिष्ट व्यक्तिहरुको सहभागिता रहने समेत उनले बताए।  साग समुद्घाटनमा कलाकारहरुले नेपाली कला संस्कृति झल्कने खालका प्रस्तुतिहरु प्रस्तुत गर्ने कार्यक्रम रहने छ। 

 

प्रकाशित: १२ मंसिर २०७६ ०८:३२ बिहीबार

साग तयारी