काठमाडौं– १३ औ साउथ एसियन गेम्स( सग)को पुरुष भलिबलमा नेपाल र बंगलादेश प्रतिस्पर्धा गरिरहेका छन्। खेलमा दुबै टोली बलियो देखिएका छन्।
दुई सेटको समाप्त भएको छ,। पहिलो सेट नेपालले र दोस्रो सेट बंगला देशले जितेको छ। पहिलो सेटमा नेपाल २५–२१ पोइनटले विजयी भयो। यता दोस्रो सेट बंगलादेशले जित्यो। बंगलादेशले २३–२५ ले जितेको थियो।
दोस्रो सेटमा नेपालका लागि टेकराज अवस्थी र हरि बहादुर अधिकारी सर्वाधिक ४/४ स्कोर गरे। हाल तेस्रो सेट जारी रहेको छ।।
प्रकाशित: ११ मंसिर २०७६ १४:३६ बुधबार