खेल

सागका सहभागी: नेपालबाट सर्वाधिक, भूटानबाट न्यून

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा व्यस्थापको अन्तिम संख्या सार्वजानिक भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सातै देशका सहभागीहरुको संख्याको सार्वजानिक गरेको हो। 

राखेपका अनुसार आयोजक नेपालबाट सहभागी संख्या सबैभन्दा धेरै रहेको छ। यता भूटानबाट भने सबै भन्दा थोरै खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकले सहभागिता जनाउने छन्। खेल अवधिभर सात देशका २ हजार ९  सय १० खेलाडी र ७ सय ६९ अफिसियल सहाभागी हुने छन्। 

सागमा नेपालबाट सर्वाधिक ५ सय ९४ खेलाडीले सहभागिता जनाउने छन्। त्यस्तै व्यवस्थापक तथा प्रशिक्षक गरि एक सय ८६ ले पनि सहभागिता जनाउने छन्। भारतबाट ५ सय ३५ खेलाडी र १ सय ६७ अफिसयलले सहभागिता जनाउने छन्।

राखेपका अनुसार बाङ्लादेशबाट ४ सय ७८  खेलाडी  र १ सय ४७ अफिसियलले सहभागिता जनाउने छन्। त्यस्तै पाकिस्तानबाट ३ सय ७८  खेलाडी र १ सय ५  अफिसियलले सहभागिता जनाउने छन्।

श्रीलंका बाट ५ सय ५६ खेलाडी र १ सय ८३  अफिसिय नेपाल आउने छन्। यता मालदिभ्सबाट २ सय ५२ खेलाडी  र ६८ अफिसियल रहने छन्। साग अवधिभर खेलाडी, प्रशिक्षक र व्यवस्थापकको कुल संख्या ३७ सय ९ रहेको छ।

प्रकाशित: ११ मंसिर २०७६ १२:४३ बुधबार

साग खेलाडी प्रशिक्षक