खेल

टिकट दर महंगो भयोः कप्तान मल्ल

काठमाडौं– राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले त्रिकेटको  टिकट मूल्य महंगो भएको बताएका छन्।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा सरकारले दर्शकको लागि निर्धारण गरको  टिकट मूल्य मंहगो भएको बताएका हुन्।
क्रिकेट दर्शककालागि सरकारले दुई सय र पाँच सय दरका  टिकट निर्धारण गरेपछि कप्तान मल्लको उक्त धारण आएको हो।

‘सागका लागि सरकारले निर्धारण गरेको दर मंहगो छ’ कप्तान मल्लले भने, ‘देशमा अझैपनि टिकेट काटेर क्रिकेट हेर्न आउने दर्शक कम भएकाले टिकट सस्तो हुनु पर्छ।’  टिकट काट्नु सरकारको सही निर्णय भएपनि दर कम हुनु पर्ने उनले बताए। 

कप्तान मल्लले साग क्रिकेटमा गोल्ड मेडल नै भित्र्याउने दाबी गरे। ‘होम ग्राउन्डको ठूलो साथ छ’ कप्तान मल्लले भने,‘भारत र पाकिस्तान जस्ता ठूला देश सहभागी नहुँदा त्यसको फाइदा नेपालले लिनुपर्छ।’ श्रीलंका, बंगलादेश जस्ता क्रिकेटका ठूला शक्तिशाली राष्ट्रलाई हराउने दाबी कप्तान मल्लाको छ।

 

प्रकाशित: ११ मंसिर २०७६ ११:३७ बुधबार

ज्ञानेन्द्र_मल्ल टिकेट