खेल

सातै प्रदेशमा ओलम्पिक टर्च पुर्‍याइने

ओलम्पिक टर्च -यालीबारे जानकारी गराइदै।

काठमाडौं – नेपालमा मंसिर १५ बाट सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च सातै प्रदेशमा पु-याइने भएको  छ। ओलम्पिक टर्च -याली व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल खेलाडी तथा प्रशिक्षक संघले बिहीबार पत्रकार सम्मेलन गरी यसको  जानकारी दिएको हो। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव एवं १३औं दक्षिण एसियाली खेलकुद कार्यकारी समितिका संयोजक रमेशकुमार सिलवालले स्वयम्भूमा शुक्रबार बिहान ८ बजे ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्वधावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरेपछि -याली प्रारम्भ हुने खेलाडी संघका अध्यक्ष एवं ¥याली संयोजक दीपक श्रेष्ठले बताए।

टर्च सातै प्रदेशका मुख्य सहरमा पु¥याइने अध्यक्ष श्रेष्ठले बताए। पत्रकार सम्मेलनमा सागका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धरले नेपालमा विगतमा भएका दुई सागभन्दा १३औं साग भव्य हुने बताए।

पहिलो दिन -याली प्रदेश १ को विराटनगर, दोस्रो दिन प्रदेश २ को जनकपुर, तेस्रो दिन प्रदेश ३ को हेटौंडा र चितवन, चौथो दिन प्रदेश ५ को लुम्बिनी र बुटवल, पाँचौं दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगन्ज, छैटौं दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौं दिन गण्डकी प्रदेशको पोखरा लगिनेछ। आठौं दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइनेछ। सोही दिन पोखराबाट टर्चलाई काठमाडौं ल्याइनेछ। नवौं दिन काठमाडौंको विभिन्न स्थान परिक्रमा गराई त्यसै दिन साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दीप प्रज्वलन गरिने कार्यक्रम छ।

-यालीमा ओलम्पियन तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका वैकुण्ठ मान्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा, एथलेटिक्सका जितबहादुर केसी र एथलेटिक्सका ज्ञानबहादुर बोहरा, सुटिङका टीकाराम श्रेष्ठ, एथलेटिक्सकी राजकुमारी पाण्डे, कान्छीमाया कोजु र मुकुन्दहरि श्रेष्ठ तथा खेलाडी संघका अध्यक्ष एवं सागका दोहोरो स्वर्णधारी करातेका दीपक श्रेष्ठ सहभागी हुनेछन्।

प्रकाशित: ६ मंसिर २०७६ ०१:२५ शुक्रबार

ओलम्पिक_टर्च दक्षिण_एसियाली_खेलकुद