खेल

अस्ट्रेलिया हाबी हुने संकेत

ब्रिसबेन – पाकिस्तानलाई पहिलो इनिङमा २ सय ४० रनमा सीमित पारेसँगै अस्ट्रेलियाले बिहीबार पहिलो टेस्टको पहिलो दिन खेलमा हाबी हुने संकेत गरेको छ। टस जितेर ब्याटिङ रोजेको पाकिस्तान लन्च सत्रअघिसम्म बिनाविकेट क्षति ५७ रनमा खेलिरहेको थियो। तर तीव्र गतिका बलर मिचेल स्टार्क, जस हाज्लेउड र प्याट् कमिङ्सको घातक बलिङपछि पाकिस्तान पहिलो दिनको समाप्तिमा अलआउट भएको थियो। यी ३ खेलाडीले एकआपसमा १० विकेट बाडेका थिए।

‘हामीले सुरुआती सेसनमा सोचेअनुरूपको विकेट हात पार्न नसके पनि त्यसपछि भने खेलमा हाबी बन्यौं। पाकिस्तानले निरन्तर विकेट गुमायो,’ हाज्लेउडले भने, ‘जुन रूपमा हामीले दोस्रो सेसनमा पुनरागमन ग-याैं। त्यो प्रशंसनीय रह्यो।’
पाकिस्तानका असाद साफिकले सर्वाधिक ७६ रन जोडे भने ओपनर सान मन्सुदले २७ र कप्तान अजहर अलीले ३९ रनको योगदान गरे। मोहम्मद रिजवानको नाममा ३७  र यासिर शाहको नाममा २६ रन रह्यो। पाकिस्तानले ३३ औं ओभरमा मन्सुदलाई पहिला विकेटको रूपमा गुमाएको थियो।

तीव्र गतिका बलर मिचेल स्टार्क, जस हाज्लेउड र प्याट कमिङ्सको घातक बलिङपछि पाकिस्तान पहिलो दिनको समाप्तिमा अलआउट भएको थियो।

मन्सुदले कमिङ्सको बलमा स्टिभ स्मिथबाट क्याच हुनुअघि ९७ बलमा ३ चौका प्रहार गरे। त्यसलगत्तै ३४औं ओभरमा अली पनि हाज्लेउडको बलमा बन्र्सबाट क्याच हुँदै पवेलियन फर्किए।अहजरले १ सय ४ बलमा ५ चौका प्रहार गरे।त्यसपछि ब्याटिङका लागि आएका ह्यारिस सोहेल(१), बाबर आजम(१) इफ्तिकर अहमद(७)ले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।९४–५ मा ब्याटिङका लागि आएका रिजवानसँग छैटाैं विकेटका लागि ४९ रनको साझेदारी गरेका साफिकले साताैं विकेटका लागि ८४ रनको मत्त्वपूर्ण साझेदारीका साथ पाकिस्तानको इनिङ उकास्ने प्रयास गरेका थिए। १ सय ३४ बलमा साफिकले ७ चौका प्रहार गर्दा ३७ बलको सामना गरेका रिजवानले पनि ७ चौका प्रहार गरे। यासिर शाहले ८३ बल खेल्दै ३ चौका प्रहार गरे।

‘मलाई हामीले राम्रो साझेदारी गरे खेल नियन्त्रणमा लिन सक्छौं भन्ने थाहा थियो,’ सफिकले भने, ‘हामीले लक्ष्यअनुरूपको योगफल तयार पार्न सकेनांै तर हामीले सम्मानजनक योगफल भने बनायांै। हाम्रो बलिङ आक्रमण सुदृढ छ, त्यसैले हामीले अस्ट्रेलियालाई गतिलो चुनौती दिनेमा म विश्वस्त छु।’ अस्ट्रेलियाका  तीव्र गतिका बलर मिचेल स्टार्कले ५२ रन खर्चंदै ४ विकेट ,जस हाज्लेउडले ४३ रन खर्चंदै २ विकेट र प्याट कमिङ्सले ६० रन खर्चदै ३ विकेट लिए।

प्रकाशित: ६ मंसिर २०७६ ०१:१० शुक्रबार

अस्ट्रेलिया टेस्ट_क्रिकेट पाकिस्तान