खेल

सञ्जिवनी नकआउट फुटबलको तयारी पुरा

बुटवल– स्थानीय स्तरमा रहेका युवा खेलाडीहरुको प्रतिभा बाहिर ल्याउने उदेश्यले रुपन्देहीको तिलोत्तमामा सञ्जिवनी नकआउट फुटवल प्रतिगोतीता हुने भएको छ। सञ्जिवनी युवा क्लब तिलोत्तमा १४ ले यही मंसिर ६ गतेबाट तेश्रो सञ्जिवनी  नकआउट फुटबल प्रतियोगिता गर्ने भएको हो।

क्लबले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगीताको तयारी पुरा भएको जनाएको छ। २१ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देहीका १६ टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले बताए । प्रतियोगितामा प्रथम हुनेले १ लाख रुपैयां नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। द्धितीय पुरस्कार ५० हजारसहित मेडल तथा प्रमाणपत्र प्रदान गरीने अध्यक्ष क्षेत्रीले जानकारी दिए। 

खेल क्षेत्रका प्रतिभालाई उजागर गर्दै युवाहरुलाई लागु औषधको दुव्र्यसनीबाट जोगाउन पनि अघिल्लो वर्षदेखि विभिन्न खेलकुद प्रतियोगीता गर्दै आएको खेल संयोजक कमल परियारले बताए। प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई समेत नगद पुरस्कारसहित शिल्ड प्रदान गरिने परियारले बताए। प्रतियोगीताकालागि७ लाख रुपैयां खर्च लाग्ने अनुमान गरिएको उनले बताए।

प्रकाशित: ४ मंसिर २०७६ १३:१९ बुधबार

फुटबल