खेल

कुङ्फुका खेलाडीलाई अस्ट्रियामा पदक

काठमाडौं – नेपाली उमा कुङ्फु खेलाडीले डब्लुएमएसी वल्र्ड कप ब्रेबेन्च ओपन च्याम्पियनसिपमा ७ पदक जितेका छन्।

अस्ट्रियाको ब्रेबेन्चमा नोभेम्बर १५ र १६ तारिखमा भएको प्रतियोगितामा ३ खेलाडीले विभिन्न ७ स्पर्धामा ७ पदक जितेका हुन्। सञ्जय पुटुवारले तीन स्पर्धामा स्वर्ण, रजत र कांस्य जिते। कमल मगरले तीन स्पर्धामा दुई रजत र एक कांस्य हात पारे। त्यस्तै रमेश महर्जनले एक स्पर्धामा कांस्य प्राप्त गरे।

पदकविजेता खेलाडीलाई अस्ट्रियामा सम्मान गरिएको थियो। वल्र्ड मार्सल आर्ट कमिटीका अध्यक्ष हराल्ड फोलाबोरी तथा महासचिव डेनिला क्लोफरले खेलाडीलाई मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए।

प्रकाशित: ४ मंसिर २०७६ ०३:१८ बुधबार

कुङ्फु_खेलाडी च्याम्पियनसिप