खेल

मल्पी र लिटिल एन्जल्सबीच फाइनल भिडन्त

काठमाडौं – मल्पी र लिटिल एन्जल्स (एलए) २६औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार ब्वाइज फुटबलतर्फ फाइनलमा प्रवेश गरेका छन्।

मल्पीले बूढानीलकण्ठलाई २–० गोलले पराजित ग-यो। मल्पीका शाश्वत र रिसेकले समान १ गोल गरे। एलएले लोयल्टीलाई ५–० गोलले हरायो।

नेटबलमा रिलायन्स पब्लिकले भानुभक्तलाई ३१–३० तथा हिमालयले त्रिज्योतिलाई ३०–१० ले पाखा लगाए। बास्केटबलको गल्र्समा रिलायन्सले आयोजक ज्ञानोदयलाई ३६–१५ ले पन्छाउँदै सेमिफाइनलमा स्थान पक्का ग-यो। ब्वाइज बास्केटबलमा त्रिज्योति, आइडियल मोडेल, मंगलदीप, निर्मल, मल्पी, एलए र एलआरआई क्वार्टरफाइनलमा पुगे।

प्रकाशित: ३ मंसिर २०७६ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App