खेल

सागका स्वयंसेवकलाई प्रशिक्षण

काठमाडौं – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित स्वयंसेवक परिचालन समितिले स्वयंसेवकका लागि प्रशिक्षण कार्यक्रम आयोजना ग¥यो। सागमा खटिने स्वयंसेवकको जिम्मेवारीबारे जानकारी गराउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको समितिका सचिव प्रेम मल्लले जानकारी गराए।

काठमाडौंमा हुने विभिन्न खेलका लागि ५ सय स्वयंसेवक परिचालन हुँदै छन्। उनीहरूलाई सुरक्षा, अतिथि सत्कार, सागमा सहभागी हुने विभिन्न महानुभावहरूले प्रयोग गर्ने एक्रिडेसन कार्ड, अनुशासन, नियम, कानुनलगायतका विषयमा जानकारी गराएको थियो।

तीन दिनसम्म चल्ने प्रशिक्षणको पहिलो दिन २ सय १५ जना सहभागी थिए। बाँकीलाई मंगलबार र बुधबार प्रशिक्षण दिइनेछ। त्यस्तै पोखरा र जनकपुरमा हुने खेलका लागि खटिने स्वयंसेवकलाई पनि यस्तै तालिम दिइने सचिव मल्लले जनाएका छन्। पोखरामा मंसिर ५ र ६ तथा जनकपुरमा मंसिर ७ गते प्रशिक्षण कार्यक्रम सञ्चालन हुने छ।

प्रशिक्षणको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे।

 

प्रकाशित: ३ मंसिर २०७६ ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App