खेल

रोनाल्डोको ९९औं अन्तर्राष्ट्रिय गोल

पेरिस – क्रिस्टियानो रोनाल्डोले ९९औं अन्तर्राष्ट्रिय गोल पूरा गरेको दिन पोर्चुगलले आइतबार लक्जेम्बर्गविरुद्ध २–० को जितका साथ युरोपियन च्याम्पियनसिप २०२० मा स्थान पक्का गरेको दिन फ्रान्सले पनि जितका साथ छनोट प्रतियोगिताको सुखद अन्त्य गरेको छ।

३९औं मिनेटमा ब्रुनो फर्नान्डेजले गरेको गोलमा पोर्चुगलले अग्रता लिएको थियो। खेल सकिन ४ मिनेट बाँकी हुँदा रोनाल्डोले बललाई जाली चुमाएसँगै पोर्चुगलले सहज जित पक्का गरेको थियो।

पोर्चुगल  ८ खेलमा ५ जित, १ हार र २ बराबरीको नतिजापछि १७ अंकका साथ समूह ‘बी’ को उपविजेताका रूपमा अघिल्लो चरणका लागि छनोट हुँदा युक्रेन समान खेलमा ६ जित र २ बराबरीका साथ २२ अंक जोड्दै शीर्ष स्थानमा बस्यो। १४ अंकका साथ सर्बिया तेस्रो,४ अंकका साथ लक्जेम्बर्ग चौथो र १ अंक जोडेको लाट्भिया पाँचौं स्थानमा छन्। समूह ‘बी’ अन्तर्गत आइतबारै भएको खेलमा युक्रेन र सर्बियाले २–२ को बराबरी खेलेका थिए।

इरानका स्ट्राइकर अली दाइको नाममा १ सय ९ अन्तर्राष्ट्रिय गोलको विश्व कीर्तिमान रहेको छ। उनले इरानबाट १९९३ देखि २००६ को बीचमा १ सय ४९ खेलमा यो कीर्तिमान कायम गरेका थिए। ‘सबै कीर्तिमानहरु तोडिनुपर्छ र म यो कीर्तिमान तोड्न चाहान्छु,’ रोनाल्डोले भने।

पोर्चुगल जुन १२ मा रोममा सुरु हुने युरो २०२० मा छनोट हुने १७औं टोली हो। यसअघि फ्रान्स, स्पेन, इटाली, इङ्ल्यान्ड, टर्की, फिनल्यान्ड,जर्मनी, युक्रेन,चेक रिपब्लिक,नेदरल्यान्ड्सजस्ता राष्ट्र युरो कपमा छनोट भइसकेका छन्।
‘हामी कुनै पनि प्रतिद्वन्द्वीलाई सहज रूपमा लिँदैनांै,’ पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले भने, ‘म टोलीको प्रदर्शनबाट सन्तुष्ट छु किनभने छनोट चरण हामीले सोचेभन्दा निकै कठिन रह्यो। हामी युरो कपमा छनोट भएको लगातार यो ११आंै पटक हो। मलाई मेरा खेलाडीप्रति पूर्ण रूपमा विश्वास छ।’

आइतबारै भएको समूह ‘एच’ को खेलमा फ्रान्सले अल्बानियालाई २–० ले हराउँदै छनोट चरणको सुखद अन्त्य गरेको छ। फ्रान्सको जितमा कोरिन्टिन टोलिसो र एन्टोनी ग्रिजम्यानले समान एक गोल गरे।

समूह ‘एच’ मा १० खेलमा २६ अंकका साथ फ्रान्स शीर्ष स्थानमा बस्दा टर्की २३ अंकका साथ दोस्रो,आइसल्यान्ड १९, अल्बानिया १३,एन्डोरा ४ र माल्डोभा ३ अंकका साथ क्रमश तेस्रो, चौथो र पाँचांै स्थानमा छन्।

‘म खेलाडीमा निर्भर छु,’ फ्रान्सको प्रशिक्षण सम्हालेपछिको १ सयांै खेल सुखद बनेपछि डिडियर डेसच्याम्पसले भने, ‘यो गर्वको विषय हो।’

समूह ‘एच’ कै अर्को खेलमा टर्कीले एन्डोरालाई २–० ले हरायो भने आइसल्यान्डले माल्डोभालाई २–१ ले पराजित ग¥यो। इरानका स्ट्राइकर अली दाइको नाममा १ सय ९ अन्तर्राष्ट्रिय गोलको विश्व कीर्तिमान रहेको छ।

 

 

प्रकाशित: ३ मंसिर २०७६ ०२:१७ मंगलबार

क्रिस्टियानो_रोनाल्डो अन्तर्राष्ट्रिय_गोल युरोपियन_च्याम्पियनसिप