खेल

ओडिसीमा बास्केटबल हुने

काठमाडौं – ओडिसी इन्टरनेसनल एकेडेमीको आयोजनामा १२औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंसिर ७ गतेदेखि हुने भएको छ ।

प्रतियोगिताअन्तर्गत जुनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्समा १६ टिमले भाग लिने ओडिसीका प्रिन्सिपल नारायण रोकाले जनाएका छन् । गल्र्सको प्रतिस्पर्धा थ्री बाइ थ्री स्वरुपमा हुनेछ । ब्वाइजमा एन्जल्स हर्ट तथा गल्र्समा ग्रिनल्यान्ड डिफेन्डिङ च्याम्पियन हुन् ।
 

प्रकाशित: २६ कार्तिक २०७६ ०३:५५ मंगलबार

ओडिसी_इन्टरनेसनल_एकेडेमी बास्केटबल