खेल

सागका लागि पुरुष टोली घोषणा

काठमाडौं – अखिल नेपाल फुटबल संघ(एन्फा)ले  नेपालमा मंसिर दोस्रो साताबाट आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद सागका लागि नेपाली यु–२३ राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गरेको छ।

एन्फाले सोमबार प्रतियोगिताका लागि २० सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो। २३ वर्षमुनिका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। जसमा तीन  सिनियर खेलाडी राख्न पाइन्छ। जसअन्तर्गत मुख्य प्रशिक्षक बालगोपाल महर्जनले घोषणा गरेको टोलीमा सिनियरतर्फ गोलकिपर विकेश कुथु, रक्षक विक्रम लामा र मिडफिल्डर सुजल श्रेष्ठ गरी ३ खेलाडी रहेका छ।

यी तीनेै खेलाडी भारतमा भएको १२औं सागमा नेपालले स्वर्ण जित्दा टोलीमा मुख्य सदस्य थिए। यता  बन्द प्रशिक्षणमा रहेका किरण चेम्जोङ, रोहित चन्द र नवयुग श्रेष्ठले भने टिममा परेनन्।

प्रकाशित: २६ कार्तिक २०७६ ०३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App