काडमाडौं – नेपाली अन्डर नाइन्टिन फुटबल टोलीका स्ट्राइकर दीपेश आले मगर घाइते भएका छन्।
इरानमा सम्पन्न एएफसी यु १९ च्याम्पियनसिप छनोटअन्तर्गत किर्गिस्तानविरुद्धको खेलमा विपक्षी खेलाडीसँग ठोकिँदा बाँयाहातमा चोट लागेको थियो।
खेलको ७५औं मिनेटमा किर्गिस्तानको डी बक्समा बलका लागि संर्घष गर्ने क्रममा उनी मैदानमा लड्न पुगेका थिए। तत्कालै सारिम वुमन अस्पतालमा पु¥याइएका उनको बाँया हात भाँचिएको र पूर्ण रूपमा ठिक हुन करिब एक महिना लाग्ने अस्पतालले जनाएको छ।
त्यस्तै, सोही खेलमा डिफेन्डर रोशन दोङ पनि घाइते भए। खेलको पहिलो हाफमा डिफेन्डिङ जोनमा लडेपछि मैदानबाट बाहिर ल्याइएका उनको दायाँ तिघ्राको मसल्स च्यातिएको बताइएको छ।
प्रकाशित: २६ कार्तिक २०७६ ०३:४७ मंगलबार