खेल

सागका लागि महिला टोली घोषणा

काठमाडौं – आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिनिधित्व गर्ने महिला फुटबल टोलीको घोषणा गरिएको छ। आगामी मंसिर १५ नेपालमा आयोजन हुने सागका लागि शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार निरु थापाको कप्तानमा खेलाडी छनोट गरेको हो। नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरि खड्काले ३० जनाबाट अन्तिम २० जनाको नामावली सार्वजनिक गरेका हुन्।

नायज्दा कपअघि खड्काले ३२ सदस्यलाई बन्द प्रशिक्षणमा राखेर महिला टोलीलाई प्रशिक्षणमा राखेका थिए। क्लोज क्याम्प छाडेर आर्मीकी कृष्णा खत्री एक साताअघि रोजगारीका विदेश र प्रीति राईले दशैँ बिदापछि राष्ट्रिय टोलीको प्रशिक्षणमा नफर्किएपछि प्रशिक्षक खड्काले ३० जना खेलाडीले पोखरामा गरेको प्रशिक्षणको आधारमा २० खेलाडीको टुङ्गो लगाएका हुन्। यस्तै प्रशिक्षक खड्काले विराटनगरमा भएको साफ च्याम्पियनसिपमा टोलीमा परेका अधिकांश खेलाडीलाई समावेश गरेका छन्।

नेपाली टोलीमा रौतहटबाट अन्तिम ३२ मा स्थान बनाएका गोलरक्षक रविता राई, रोजिना श्रेष्ठ, सविता रानामगर र रश्मिकुमारी घिसिङले नेपाली टोलीमा स्थान बनाउन असफल रहे। त्यसै गरी, एपिएफकी निशा थोकर र रेखा पौडेल, आर्मीकी विमला विक, शर्मिला थापा र सपना लामा, पुलिसकी घिमकुमारी गुरुङले स्थान बनाउन सकेनन्।

सन् २०१० को ११औँ सागबाट महिला फुटबलसमेत समावेश गरिएको छ। जसको अघिल्ला २ वटा संस्करणमा नेपाल भारतसँग पराजित बन्दै रजत पदक प्राप्त गरेको थियो। घरेलु भूमिमा पहिलो पटक स्वर्ण जित्ने लक्ष्यका साथ झन्डै ४ महिनादेखि नेपाली टोली अभ्यास गरिरहेको छ। सागको महिला फुटबल आयोजना स्थल पोखरामै टोलीले अभ्यास गरिरहेको हो।

प्रकाशित: २४ कार्तिक २०७६ ०४:५९ आइतबार

साग दक्षिण_एसियाली_खेलकुद महिला_फुटबल_टोली