खेल

सागको मिति तलमाथि हुँदैन, पूर्वाधारको कुनै समस्या छैनः खेलकुद मन्त्री विश्वकर्मा

काठमाडौं– युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ देखि नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मिति मै हुने बताएका छन्। 

काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले प्रतियोगिता सञ्चालन हुने स्थानका भौतिक संरचना निर्माण र तयारी पनि तीब्र गतिमा भइरहेको बताए।

प्रतियोगिता तोकिएको समयमा नहुने हो कि भनेर अन्यौलतासँग जोडेर गरिएका टिकाटिप्पणी प्रति लक्षित गर्दै मन्त्री विश्वकर्माले मंसिर पहिलो हप्ताभित्र सबै भौतिक संरचनाको निर्माणको काम सम्पन्न हुने बताए। ‘मंसिर १५ गतेको साग गेमको मिति तलमाथि हुँदैन। परिस्थिति हाम्रो काबुमा छ। पूर्वाधारको कुनै समस्या छैन। अहिलेको कामको प्रगति हेर्दा विश्वासको आधार तय भएको छ।’

सागको लागि नेपाली खेलाडीहरुलाई प्रशिक्षणदेखि व्यवस्थापकीय सबै काम भैरहेको, विदेशी पाहुनाहरुलाई आमन्त्रण गर्ने काम पनि भैसकेको जानकारी दिए।

प्रकाशित: २३ कार्तिक २०७६ १२:३५ शनिबार

दक्षिण_एसियाली_खेलकुद नेपाल खेलकुदमन्त्री जगतबहादुर_सुनार पूर्वाधार