खेल

एमसिसी बलियो स्थितिमा

काठमाडौं – नेपालविरुद्धको तीन दिवसीय क्रिकेटको पहिलो दिन मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) उच्च योगफलतर्पm अग्रसर बनेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलको पहिलो दिन सकिँदा बुधबार एमसिसी ३११–६ को अवस्थामा छ। खराब प्रकाशका कारण निर्धारित ९६ ओभर अगावै पहिलो दिनको खेल सकिँदा एमसिसीका यासिर अराफात ३५ रन र एलेक्स २२ रनमा क्रिजमा छन्।

१४ वर्षपछि फस्ट क्लास क्रिकेटका लागि मैदान उत्रिएको नेपालले टस जितेर एमसिसीलाई ब्याटिङको निम्तो दिएको थियो। नेपालका सोमपाल कामीले नवौं ओभरको पहिलो बलमा एमसिसीका ओपनर विली गोल्डम्यानलाई १० रनमा पवेलियनको बाटो देखाउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

दोस्रो विकेटका लागि विल्स रोडिस र टम वेस्ट्सले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरे। रोड्सले १ सय १० बलमा १२ चौका मद्दतमा ७३ रनको योगदान गर्दा वेस्ट्सले १ सय २ बलमा ५ चौकाबाट ३९ रन बनाए। माइल्स हामोल्ड्सले ५२ र विल्स भान्डर्सपारले ५३ रनको योगदान गरे। ५८ बल खेलेका हामोल्ड्सले ८ चौका र १ छक्का प्रहार गर्दा भान्डर्सपारले ८ चौका प्रहार गरे।

त्यस्तै एड योङले १७ रन जोडे। नेपालका सोमपाल कामी, शरद भेषावकर र सन्दीप लामिछानेले समान दुई विकेट लिए। नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुरअन्तर्गत एमसिसीको टोली नेपाल आएको हो। एमसिसीले आइतबार पहिलो खेलमा यु–१९ लाई हराएको थियो भने दोस्रो खेलमा नेपाली सिनियर टोलीसँग पराजित भएको थियो।

पहिलो दिन सकिँदा बुधबार एमसिसी ३११–६ को अवस्थामा छ। खराब प्रकाशका कारण निर्धारित ९६ ओभर अगावै पहिलो दिनको खेल सकिँदा एमसिसीका यासिर अराफात ३५ रन र एलेक्स २२ रनमा क्रिजमा छन्।

 

 

प्रकाशित: २१ कार्तिक २०७६ ०४:०० बिहीबार

टस एमसिसी मेरिलिबोन_क्रिकेट_क्लब