खेल

युएईसँग नेपालको लज्जापूर्ण हार

काठमाडौं –  इरानमा आयोजना हुने एएफसी यु–१९ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग लज्जास्पद हार बेहोरेको छ।

इरानको तेहरानस्थित पिएएस मैदानमा बुधबार सम्पन्न खेलमा युएईसँग ४–० को हारसँगै नेपालले छनोट प्रतियोगितामा खराब सुरुआत गरेको छ। सुरुआतबाट नै दबाबमा परेको नेपालले दुवै हाफमा २÷२ गोल बेहोरेको थियो। तालमेलको अभाव देखिएको खेलमा युएईलाई उपहार गोल सुम्पिएसँगै नेपालले पछिपरेको थियो।

२७औं मिनेटमा नेपालले आत्मघाती गोल गर्दा युएई अग्रता लिन सफल भयो। एक गोलले पछि परेसँगै अलमलमा परेको नेपाली टोलीले त्यसपछि सम्हालिएर खेल्न सकेन। ३८औं मिनेटमा युएईका इसा खालिफानले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए। पहिलो हाफको बाँकी समयमा नेपालले खेलमा फर्किन निकै संघर्ष ग¥यो।

तर, अवसरलाई सदुपयोग गर्न नसक्दा सफल हुन सकेन। पहिलो हाफमा २–० को नतिजा सुम्पिएको नेपालले दोस्रो हाफमा फरक रणनीतिका साथ खेले पनि युएईको आक्रामक रणनीतिलाई विफल पार्न सकेन। खालिफा युसुफले ७१औं मिनेटमा गोल गर्दै युएईको अग्रता ३–० मा पु¥याए।

काउन्टरमा नेपाली टोली अगाडि बढेको इन्जुरी समयमा युएईका अब्दुल्ला हामिदले गोल गर्दै फराकिलो जित सुनिश्चित गरे। त्यससँगै समूह ‘डी’ मा रहेको नेपालले शुक्रबार आयोजक इरानसँग खेल्नेछ। समूहचरणको अन्तिम खेलमा आइतबार किर्गिस्तानसँग खेल्नेछ।

बुधबार सम्पन्न खेलमा युएईसँग ४–० को हारसँगै नेपालले छनोट प्रतियोगितामा खराब सुरुआत गरेको छ। सुरुआतबाट नै दबाबमा परेको नेपालले दुवै हाफमा २÷२ गोल बेहोरेको थियो।

 

प्रकाशित: २१ कार्तिक २०७६ ०३:५६ बिहीबार

मैदान युएई लज्जापूर्ण_हार गोल