खेल

महिला भलिबल खेलाडीकाे विदाई

काठमाडौं- बंगलादेशमा आयोजना हुने एसिएन भलिबल कन्फेडेरेशन (एभीसी) सेन्टर जोन सिनियर महिला भलिबल  च्याम्पियनसिप खेल्ने नेपाली महिला भलिबल खेलाडीको विदाई गरिएको छ। बुधबार नेपाल भलिबल संघले सो खेल प्रतियोगितामा भाग लिन जान लागेका १२ जना खेलाडीलाई विदाई गरेको हो। विदाई समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाललगायतका उपस्थिति रहेको थियो।

सो खेल प्रतियोगिताका लागि संघले मंगलबार अरुणा शाहीको कप्तानीमा टिमको घोषणा गरेको थियो। कार्तिक २१ गतेदेखि बंगलादेशको राजधानी ढाकामा सुरु हुने सो प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, कीर्गिस्तान र तुर्किमिनिस्तानले प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २० कार्तिक २०७६ १३:१२ बुधबार

महिला_भलिबल खेलाडी विदाई