खेल

अर्घाखाँची प्रिमियर लिग क्रिकेट सुरु

एपिएल क्रिकेटको उद्घाटन सत्र ।

अर्घाखाँची– अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेट आजदेखी सुरु भएको छ।  अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको एपिएल क्रिकेटको तेस्रो संसकरणको एक कार्यक्रमबीच सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार बिकले उद्घाटन गरे। 

मन्तव्य राख्दै उपमेयर बिकले खेल र खेल जगतलाई आवश्यक पर्ने सबै कुराहरुमा सहयोग गर्न तयार रहेको बताएका छन्। ‘खेलले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउछ, उनले भने,‘ खेलाडी र खेल मैदानमा हाम्रो विशेष ध्यान छ।’ मेयर र उपमेयर कप जस्ता प्रतियोगीता आयोजना गरको नगरपालिकाले खेल क्षेत्रमा थप टेवा पुगेको उनको भनाई छ।

कार्यक्रममा वडा अध्यक्ष युवराज बन्जाडे, मोतिजंग रायमाझी, सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापा, प्रहरी निरिक्षक प्रकाश खत्री, पत्रकार महासंघका अध्यक्ष हिम लेकाली, युगल नारायण बसेल, सामाजिक अभियान्ता राजु खड्का लगायतको उपस्थिती रहेको थियो। 

उद्घाटन खेलमा रोयल सन्धिखर्क विजयी
आजै भएको पहिलो खेलमा रोयल सन्धिखर्कले सुपर सुपा च्यालेन्जर्सलाई १७ रनले  पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ्ग गरेको रोयल सन्धिखर्कले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १ सय ७१ रन बनायो। एकसय ७२ रनको लक्ष्य पच्छाएको सुपर सुपा १ सय ५४ रन मात्र बनाउन सक्यो । खेलको म्यन अफ द म्याच प्रेम रायमाझी भएका छन्। उनले महत्वपुर्ण ४ विकेट लिनुका साथै बिस रन पनी बनाएका थिए।

सुपर सुपा च्यालेन्जर्स, एम्स स्टार, नमस्ते अर्घाखाँची र रोयल सन्धिखर्क गरी चार टिमको सहभागीता रहेको उक्त प्रतियोगीताको उपाधी जित्ने टिमलाई नगद रु एक लाख ५ हजार, उपविजेता टिमलाई नगद रु ५५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिए।

प्रकाशित: १८ कार्तिक २०७६ १४:२२ सोमबार

अर्घाखाँची_प्रिमियर_लिग