खेल

१४ ‘ए’ डिभिजन क्लबको लाइसेन्स अस्विकृत

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी क्लब लाइसेन्सका लागि १४ ‘ए’ डिभिजन क्लबले गरेको प्रस्ताव अस्विकृत गरेको छ।

शैलेश कर्माचार्यको संयोजकत्वमा रहेको पाँच सदस्यीय क्लब लाइसेन्सन कमिटिको कात्तिक ८ मा बसेको बैठकले एएफसीमा पेश गर्नुपर्ने आवश्यक कागजातहरू नपुगेको भन्दै १४ ‘ए’ डिभिजनका क्लबलाई एएफसीको लाइसेन्सका लागि सिफारिस नदिने निर्णय गरेको हो।

गलत तरिकाले क्लबलाई लाइसेन्स वितरण गरेको भन्दै एसियाली फुटबल महासंघ (एएफसी)ले एन्फालाई एक साता अघि आर्थिक जरिवाना गरेको थियो। त्यसपछि एन्फाले क्लब लाइसेन्सको सिफारिसका नदिने निर्णय गरेको।

‘ए’ डिभिजनका विभिन्न १४ क्लबले एएएफसी क्लब लाइसेन्सका लागि गरेको प्रस्ताव आवश्यक काजजात नपुगेकाले हालका लागि उनीहरूको प्रस्ताव अस्विकृत गरिएको छ,’कर्माचार्यले भने, ‘एएफसीले युथ डेभलपमेन्ट कार्यक्रमलाई मुख्य सर्तका रूपमा अघि सारेको थियो। जुन सर्त कुनै पनि क्लबले पूरा गरेनन्।’ एएफसीले अन्य केही थप प्रावधानहरू पनि राखेको संयोजक कर्मचार्यले जानकारी दिएका छन्।

एन्फाले गत वर्ष ‘ए’ डिभिजनका ९ क्लबलाई एएफसीको क्लब लाइसेन्सका लागि प्रस्ताव गरेको थियो। तर न्युनतम मापदण्डसहित सर्तसमेत पूरा नगरी लाइसेन्स सिफारिस गरेको भन्दै एएफसीले एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना  लगाएको थियो। साथै एएफसीले सुधार नगरे प्रतिबन्धसहित ३५ हजार भन्दा बढी जरिवाना गर्ने चेतावनी पनि दिएको छ।

एन्फाले जारी गरेको विज्ञप्तीअनुसार मनाङ मस्र्याङ्दी, थ्री स्टार, नेपाल पुलिस, जावलाखेल, संकटा, फ्रेन्ड्स, सरस्वती, हिमालयन शेर्पा, ब्रिगेड ब्वाइज, आर्मी, एपिएफ, मच्छिन्द्र, एनआरटी र च्यासलले नयाँ सिजनका लािग एएफसी लाइसेन्सको आवेदन दिएका थिए। एएफसीको क्लब लाइसेन्स खारेज भएसँगै कुनै पनि नेपाली क्लबले अबको सिजन एएफसीले आयोजना गर्ने प्रतियोगिता खेल्न पाउने छैनन्।

‘ए’ डिभिजन लिग च्याम्पियनले समेत एएफसी कप खेल्ने अवसर गुमाउनेछ। एएफसीले सन् २०१९ सम्म क्लब लाइसेन्सिङ प्रणाली लागु गर्न सम्पुर्ण फुटबल संघलाई निर्देशन दिएको थियो। तर कुनै पनि नेपाली क्लबले एएफसी लाइसेन्सका लागि न्युनतम सर्त पूरा गरेका छैनन्।

शैलेश कर्माचार्यको संयोजकत्वमा रहेको पाँच सदस्यीय क्लब लाइसेन्सन समितिको गत कात्तिक ८ गतेको बैठकबाट एएफसीमा पेश गर्नुपर्ने आवश्यक कागजातहरू नपुगेको कारणसहित १४ ‘ए’ डिभिजनका क्लबलाई एएफसीको लाइसेन्सका लागि सिफारिस नदिने निर्णय गरेको हो।

 

प्रकाशित: १८ कार्तिक २०७६ ०६:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App