खेल

साग प्रशिक्षणलाई टेटे टोली थाइल्यान्ड जाने

काठमाडौं – नेपालमा हुने दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणमा सहभागी हुने नेपाली टेबलटेनिस टोली वैदेशिक प्रशिक्षणलाई सोमबार थाइल्यान्ड प्रस्थान गर्दै छ।

पुरुष खेलाडीमा विनेश खनियाँ, पुरुषोत्तम वज्राचार्य, शिवसुन्दर गोथे, संयोग कपाली र स्यान्टु श्रेष्ठ रहेका छन्। महिलामा नविता श्रेष्ठ, रविना महर्जन, दीक्षा तामाङ, एलिना महर्जन र सिक्का सुवाल छन्। प्रशिक्षकमा विनोद शाक्य, मोहनदास बासुकला, सञ्जिव ढुंगेल र सन्ध्या शाक्य तथा व्यवस्थापकमा धर्ममान वज्राचार्य र सरिता श्रेष्ठ छन्।

वैदेशिक प्रशिक्षणपछि टोली नोभेम्बर २५ तारिख नेपाल फर्कनेछ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे।

प्रकाशित: १८ कार्तिक २०७६ ०६:०३ सोमबार

दक्षिण_एसियाली_खेलकुद साग_प्रशिक्षण टोली