खेल

नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं – म्यानमारसँग कात्तिक २१ गतेलाई तय भएको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक योहान कालिनले भरत खवाससहित दुई नयाँ अनुहारलाई स्थान दिँदै शनिबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्।

यसअघि कुवेतसँगको मैत्रीपूर्ण खेलपछि भरत विभागीय तालिमका कारण टोलीमा समावेश भएका थिएनन्। त्यसपश्चात भरत राष्ट्रिय टिमबाट बाहिर रहँदा नेपालले विश्वकप छनोटका ४ खेल र ३ मैत्रीपूर्ण खेल खेलिसकेको छ।

यस्तै, गोलकिपर एलेन न्यौपाने पनि टोलीमा फर्किएका छन् भने मिडफिल्डर सुवास गुरुङ र मिक्चेन तामाङले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द, विशाल राई र हेमन गुरुङ मैत्रीपूर्ण खेलका लागि टोलीमा अटाएनन्। 

कतारमा आयोजना हुने फिफा विश्वकप सन् २०२२ छनोटअन्तर्गत समूह चरणको खेल खेलिरहेको नेपालले घरेलु मैदानमा मंसिर ३ गते कुवेतलाई आतिथ्यता गर्दै आफ्नो पाँचांै छनोट खेल दशरथ रंगशालामा खेल्दै छ। जुन खेल यस विश्वकप छनोटको नेपालको पहिलो घरेलु खेल पनि हो।

सोही खेलको अभ्यासका लागि नेपाली टोलीले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। म्यानमारसँगको मैत्रीपूर्ण खेललाई कुवेतसँगको तयारीको रूपमा हेरिएको छ। विश्वकप छनोटको समूह ‘बी’ मा रहेको नेपालले चार खेलबाट ३ अंक जोडेको छ। नेपाल समूहको चौथो स्थानमा छ। 

सम्पन्न चार खेलमध्ये नेपालले चाइनिज ताइपेइलाई पराजित गरेको छ भने अन्य तीन खेलमा नतिजा सुम्पिएको छ।  चाइनिज ताइपेइविरुद्ध उसैको मैदानमा २–० को जित निकालेको नेपालले कुवेतलाई ७–०, अस्ट्रेलियालाई ५–० र जोर्डनलाई ३–० को नजिता सुम्पिएको थियो। 

म्यानमारसँगको मैत्रस्पूर्ण खेलका लागि मुख्य प्रशिक्षक योहान कालिनले भरत खवाससहित दुई नयाँ अनुहारलाई अवसर दिँदै शनिबार २३ सदस्यीय टोलीको घोषणा गरेका छन्। गोलकिपर एलेन न्यौपाने पनि टोलीमा फर्किएका छन् भने मिडफिल्डर सुवास गुरुङ र मिक्चेन तामाङले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द, विशाल राई र हेमन गुरुङ मैत्रीपूर्ण खेलका लागि टोलीमा अटाएनन्।

म्यानमारविरुद्ध नेपाली टोलीः
गोलकिपरः विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने
रक्षकः सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डरः सुनील बल, रवी पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ, मिक्चेन तामाङ
स्ट्राइकरः भरत खवास, विमल घर्तिमगर, अविशेक रिजाल, नवयुग श्रेष्ठ

प्रकाशित: १७ कार्तिक २०७६ ०५:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App