खेल

एपिएल क्रिकेटको ट्रफी र खेल तालिका सार्वजनिक

अर्घाखाँची क्रिकेट संघले गरेको पत्रकार सम्मेलन । तस्बिरः नागरिक

अर्घाखाँची- अर्घाखाँची क्रिकेट संघले अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको ट्रफी र खेलतालिका सार्वजनिक गरेको छ। यही कार्तिक १८ गतेदेखि सुरु हुने अर्घाखाँची प्रिमियर लिग तेस्रो संस्करणको शुक्रबार पत्रकार सम्मेलन गरी ट्रफी र खेलतालिका सार्वजनिक गरिएको हो।

सुपर सुपा च्यालेन्जर्स, एम्स स्टार, नमस्ते अर्घाखाँची र रोयल सन्धिखर्क गरी चार टिमको सहभागीता रहने उक्त प्रतियोगितामा मार्कि खेलाडी यस अघिनै घोषणा गरिसकिएको छ।

प्रतियोगीताको उपाधी जित्ने टिमलाई नगद रु एक लाख ५ हजार, उपविजेता टिमलाई नगद रु ५५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिए। यसका साथै वेस्ट अलराउन्डर, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर लगायतका विधामा पनी पुरस्कारको व्यवस्था गरिएको छ।

प्रकाशित: १५ कार्तिक २०७६ १२:४५ शुक्रबार

एपिएल_क्रिकेट ट्रफी खेल_तालिका