खेल

खेलाडीलाई सम्मान गरिने

गलेश्वर– म्याग्दीमा जन्मिएर ५० वर्ष नाघेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलमा पदक विजेता खेलाडीलाई म्याग्दीको आकर्षक पर्यटकीय गन्तव्य टोड्केमा सम्मान गरिने भएको छ। 

विभिन्न खेलमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय पदक विजेतालाई शनिबार सम्मान गरिने आयोजक टोड्के रिर्सोट प्रालिले जनाएको छ।

आयोजक टोड्के रिर्सोटका निर्देशक भीम शेरचनका अनुसार सम्मानले खेलाडीको मनोवल वृद्धि हुने बताए। ‘खेलकूद क्षेत्रमा योगदान पुर्याउनुभएका खेलाडीलाई सम्मान गर्नेछौं’ उनले भने,‘उहाँहरुको नाम सङ्कलन भइरहेको छ।’

जिल्ला खेलकूद विकास समितिलाई खेलाडीको नाम उपलब्ध गराउन पत्रचार गरिएको बताउँदै खेलाडीले समेत आफ्नो प्रमाणसहितको विवरण उपलब्ध गराउन सक्ने आयोजकले जनाएको छ। कार्यक्रम नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न पनि सहयोग गर्ने आयोजकले जनाएको छ।

कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष र नेपाल ओलम्पिक  कमिटीका  उपमहासचिव पिताम्बर तिमिल्सिना, हेन्डबल एशोसिएसनका  अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरूङलगायत खेलकूदका व्यक्तिहरुले आ–आफ्नो धारणा राखेका थिए। रासस

प्रकाशित: १४ कार्तिक २०७६ ०९:२१ बिहीबार

खेलाडी सम्मान