खेल

सागका खेलमा टिकेटिङ गर्न आग्रह

पोखरा - राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औं दक्षिण एसियाली खेलुकद(साग) का केही खेलमा टिकेटिङ गर्नुपर्ने बताएका छन्।

उनले पोखरामा विभिन्न समितिका संयोजकसँगको छलफलका क्रममा केही खेलमा टिकटको व्यवस्था गरेर सम्बन्धित खेल पूर्वाधारमै खर्च गर्ने गरी उठाउनुपर्ने स्पष्ट पारे। ‘तपार्इंहरूले टिकटको व्यवस्था गर्नुस्। जुन खेलमा टिकटको व्यवस्था गरिन्छ। त्यही खेलको विकास र विस्तार एवं पूर्वाधारमा खर्च हुनेछ,’सदस्यसचिव सिलवालले भने, ‘दर्शकको चाप हुने खेलमा टिकटको व्यवस्था गर्दा हुन्छ।’

उनका अनुसार कुन खेलमा टिकट राख्ने भन्ने बारे स्थानीयस्तरमै छलफल गरेर निर्णय गर्नुपर्छ। सदस्यसचिव सिलवालले गठित विभिन्न समितिका लागि परिषद्ले निश्चित बजेट राखेको उल्लेख गर्दै त्यसमा रहेर खर्च गर्न आग्रह गरे। फुटबल र बिच भलिबलमा दर्शकको उपस्थिति अन्यको भन्दा बढी हुन्छ। ‘बजेट कति हुन्छ समितिले अनुमान गरेर पठाउनुपर्छ,’ उनले भने,‘त्यसैअनुसार परिषद्ले समितिलाई बजेट उपलब्ध गराउनेछ।’

सुरक्षादेखि स्वयंसेवक परिचालन, यातायात र बसोबासलगायत दर्जनौं समिति गठन गरिएको छ। सागलाई भव्य र सभ्य मात्रै नभई पोखरामा सम्झनलायक बनाउनेतर्पm ध्यान दिन सम्बन्धित समितिका संयोजकलाई निर्देशन समेत गरे। कल्चर र हस्पिटालिटीमा बढी ध्यान दिनुपर्ने उनको भनाइ थियो। पोखरामा महिला फुटबलसहित ८ खेल आयोजना गर्ने जिम्मेवारी छ।

महिला फुटबलका लागि पोखरा रंगशालामा फुटबल मैदान निर्माण कार्य भइरहेको छ। अझै दुबो आइपुग्न बाँकी छ। प्यारापिटको लागि सिटको सामान आउने चरणमै छ। ट्य्राक निर्माण कार्यलाई पनि तीव्रता दिइएको छ। अन्य पूर्वाधारका लागि भने बजेट आइसकेको छैन। बजेट नआउँदा सर्वसाधारणसमेत साग हुनेमा विश्वस्त बन्न सकिरहेका छैनन्।

आर्चरी, भारोत्तोलन, प्याराग्लाइडिङ, ट्रायथोलन, ह्यान्डबल र बिच भलिबल पोखरामा आयोजना गरिनेछ। ती खेलसँगै महिला क्रिकेट पोखरामा आयोजना गर्ने सम्भावना पनि छलफलकै चरणमा छ। प्याराग्लाइडिङका लागि सहभागी देश नहँुदा आयोजना हुने सम्भावना क्षीण छ। ट्रायथोलन, आर्चरी, ह्यान्डबल र भारोत्तोलनको पूर्वाधार तयार पारिएको छैन।

‘बजेट आएपछि पूर्वाधारको काम अघि बढ्ने थियो। तर नआउँदा समस्या बढेको छ।’ ती खेलका सम्बन्धित पदाधिकारी बताउँछन्। बजेट निकासा नहँुदा पूर्वाधार निर्माणमा देखिएको ढिलाइले १३औं दक्षिण एसियाली खेलकुद (साग) नहुने हो कि भन्ने चिन्ता स्थानीय स्तरमा परिरहँदा राष्ट्रिय खेलकुद परिषद्ले भने सागकै लागि कुनै द्विविधामा नहुन आग्रह गरेको छ।

खेलाडीका लागि विशेष सुरक्षा व्यवस्था गर्नुपर्नेमा जोड दिँदै हवाईमार्पmत आउने खेलाडीलाई एयरपोर्टदेखि खेलस्थल र बासस्थल पु¥याउनुपर्ने चुनौती हुने उल्लेख गरे। स्थलमार्ग हुँदै आउने खेलाडीलाई स्कटिङ गरेर ल्याउने र पु¥याउनेतर्फ पनि विशेष ध्यान दिनुपर्ने खाँचो औंल्याए। भारतीय र पाकिस्तानी खेलाडीको सुरक्षामा अझ बढी जोड दिनुपर्ने प्रमुख थापाले सुरक्षाकर्मीसँग आग्रह गरे।

पोखरामा विभिन्न समितिका संयोजकसँगको छलफलका क्रममा केही खेलमा टिकटको व्यवस्था गरेर सम्बन्धित खेल पूर्वाधारमै खर्च गर्ने गरी उठाउनुपर्ने स्पष्ट राखेप सदस्यसचिव रमेशकुमार बिष्टको भनाइ छ।

प्रकाशित: ९ कार्तिक २०७६ ०४:०५ शनिबार

राष्ट्रिय_खेलकुद_परिषद्