खेल

आर्सनलको उत्कृष्ट पुनरागमन

पेरिस – निकोलस पेपेले वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गर्दै दुई गोल गरेसँगै आर्सनलले बिहीबार उत्कृष्ट पुनरागमनमा भिक्टोरिया गुइमारेसमाथि कठिन जित हात पारेको छ।

घरेलु मैदान इमिरेट्समा भएको खेलमा आर्सनलले उत्कृष्ट पुनरागमन गर्दा समूह ‘एफ’ को भिक्टोरियामाथि ३–२ को नतिजा ल्याएको हो। समूह ‘एफ’मा तीन खेलसम्म सतप्रतिशत नतिजालाई निरन्तरता दिएको आर्सनल ९ अंकका साथ समूह ‘एफ’को शीर्ष स्थानमा छ। युरोपा लिगमा जारी समूह चरणका तीन खेलसम्म सुखद नतिजा ल्याउने आर्सनल र समूह ‘ए’ बाट सेभिया गरी २ टोली मात्र छन्।

आर्सनलले सोमबार इङ्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडलाई नतिजा सुम्पिँदाको टोलीमा १० खेलाडी परिवर्तन गर्दै टोली मैदान उतारेको थियो। खेलको नवौं मिनेटमा मार्कुस एडवाड्र्सले गरेको गोलमा भिक्टोरियाले अग्रता लिएको थियो। ३२औं मिनेटमा ब्राजिली युवा खेलाडी ग्याब्रियल मिार्टिनेल्लीले गरेको गोलमा आर्सनल खेलमा फर्किएको थियो।

तर, त्यसको ५ मिनेटपछि नै ब्रुनो ड्राउटेले भिक्टोरियालाई पुनः अग्रता दिलाएका थिए। ८०औं मिनेटमा पेपेले आर्सनललाई दोस्रोपटक खेलमा फर्काए। इन्जुरी समयको तेस्रो मिनेटमा पेपेले बललाई जाली चुमाउँदै आर्सनललको जित पक्का गरेका थिए। ‘यो खेल पेपे र क्लब दुवैका लागि स्मरणीय बन्यो,’आर्सनलका प्रशिक्षक युनेइ इमिरेले भने, ‘उनलाई यस खेलले आत्मविश्वास दिएको हुनुपर्छ।’

समूह ‘एफ’ कै अर्को खेलमा इन्ट्राक्ट फ्रयांकफर्टले स्ट्यान्टर्डर लेगीलाई २–१ ले हरायो। यता समूह ‘एल’ मा म्यानचेस्टर युनाइटेडले अवे खेलमा पार्टिजानलाई १–० ले हरायो। मार्चपछि अवे खेलमा युनाइटेडले जित पारेको यो नै पहिलो खेल हो। ४३औं मिनेटमा मार्कुस रासफोर्डले पेनाल्टीमार्पmत गरेको गोल युनाइटेडको जितका लागि पर्याप्त बन्यो। समूह ‘एल’ कै अर्को खेलमा एज अल्कामारले एफसी अस्थानलाई ६–० ले हरायो।

त्यस्तै समूह ‘ए’ मा सेभियाले ड्युडलांगेलाई ३–० ले हरायो। ४८औं मिनेटमा फ्रांको भाजक्युजले गरेको गोलबाट सेभिया खेलमा अघि बढेको थियो। ७५औं मिनेटमा भाजक्युजले व्यक्तिगत दोस्रो गोल गर्दै सेभियाको अग्रता दोब्बर पारेका थिए। त्यसको ३ मिनेटपछि नै मुनिर एल हाडाडीले सेभियाको अग्रता ३–० मा पु¥याए। समूह ‘इ’ मा सेल्टिकले लाजियोलाई २–१ ले हराउँदा रेनिस सिएफआर क्लुजसँग १–० ले निराश भयो।

घरेलु मैदान इमिरेट्समा भएको खेलमा आर्सनलले उत्कृष्ट पुनरागमन गर्दा समूह ‘एफ’ को भिक्टोरियामाथि ३–२ को नतिजा ल्याएको हो। समूह ‘एफ’मा तीन खेलसम्म सतप्रतिशत नतिजालाई निरन्तरता दिएको आर्सनल ९ अंकका साथ समूह ‘एफ’को शीर्ष स्थानमा छ।

 

 

प्रकाशित: ९ कार्तिक २०७६ ०४:०१ शनिबार

आर्सनल पुनरागमन निकोलस_पेपे