खेल

पूर्वकप्तान सर्फराज टोलीमा पर्न असफल

लाहोर - पाकिस्तानका पूर्वकप्तान सर्पmराज अहमद अस्ट्रेलियासँगको ट्वान्टी–२० र टेस्ट शृंखलाका लागि राष्ट्रिय टोलीमा स्थान बनाउन असफल भएका छन्।

गत हप्ता मात्र टेस्ट र ट्वान्टी–२० क्रिकेटको कप्तानीबाट बर्खास्त भएका सर्पmराज राष्ट्रिय टोलीमा पर्न असफल भएपछि पाकिस्तान अनुभवी खेलाडीबिना अस्ट्रेलिया भ्रमण गर्ने भएको छ। अनुभवी खेलाडीद्वय सोएब मलिक र मोहम्मद हाफिज पनि यस पटक पाकिस्तानी टोलीमा हुने छैनन्। युवा खेलाडीले भरिएको श्रीलंकासँग घरेलु मैदानमा भएको शृंखला ३–० ले गुमाएपछि ३२ वर्षे सर्पmराज पाकिस्तानी क्रिकेट बोर्डले कप्तानबाट बर्खास्त गरेको थियो।

तर, सोमबार सार्वजनिक भएको पाकिस्तानी टोलीबाट समेत सर्पmराज बाहिरिएका छन्। दुवै टोलीमा उनको स्थान २७ वर्षे मोहम्मद रिजवानलाई समावेश गरेको छ। जसले २०१६ मा न्युजिल्यान्डविरुद्ध एक मात्र टेस्ट खेलेका छन्।

पाकिस्तानले अस्ट्रेलियाविरुद्ध तीन ट्वान्टी–२० खेलको शृंखला खेल्नेछ। जसअन्तर्गत पहिलो खेल नोभेम्बर ३ मा सिड्नीमा, नोभेम्बर ५ मा क्यानबेरामा र नोभेम्बर ८ मा पर्थमा हुनेछ। त्यस्तै दुई टेस्ट खेलको शृंखलाअन्तर्गत पहिलो टेस्ट नोभम्बर २१ बाट २५ सम्म ब्रिसबेनमा हुनेछ भने दोस्रो टेस्ट नोभेम्बर २९ बाट डिसेम्बर ३ सम्म एडिलेडमा हुनेछ।

पाकिस्तानका मुख्य प्रशिक्षक तथा छनोटकर्ता मिसबाह उल हकले पछिल्लो समय टोली उत्कृष्ट प्रदर्शन गर्न चुके पनि अस्ट्रेलियाविरुद्ध भने सुखद नतिजा ल्याउने विश्वास व्यक्त गरे। ‘हामीले राम्रो नतिजाका लागि आक्रामक खेल खेल्न आवश्यक छ,’ मिसबाहले भने, ‘हामीसँग युवा टोली छन्। त्यसैले हामी उत्साही छांै।’

 

प्रकाशित: ५ कार्तिक २०७६ ०२:३० मंगलबार

टेस्ट ट्वान्टी–२०_क्रिकेट कप्तान सर्फराज