खेल

मार्शल आर्टसमा प्रदेश ५ पहिलो

प्रतियोगितामा सहभागी खेलाडीहरु।

रोल्पा - रोल्पा मार्शल आर्टस् हाप्किडो संघको आयोजनामा ‘सहिद स्मृति मार्शल आर्टस् हाप्किडो प्रथम राष्ट्रिय प्रतियोगिता’ सकिएको छ। परिवर्तन गाउँपालिकाको पुत्लाचौरमा उक्त प्रतियोगिताको सम्पन्न भएको हो। प्रतियोगितामा ८ स्वर्णसहित ५ न. प्रदेश पहिलो, ६ स्वर्णसहित प्रदेश न. ३ दोस्रो र २ स्वर्णसहित कर्णाली प्रदेश तेस्रो भएका थिए। प्रतियोगितामा पुरुषतर्फ प्रदेश न. ३ का बिशाल खड्का र महिलातर्फ प्रदेश न. ५ कि कबिता घर्ती मगरले बेस्ट प्लेयरको उपाधि जितेका छन्। त्यसै गरी बेस्ट रेफ्रि बिक्रम बाठामगर बनेका थिए।

प्रतियोगितामा सात प्रदेशका सात टिम र आयोजकको एक गरी जम्मा ८ टिमको सहभागिता थियो।  प्रत्येक टिममा १६ खेलाडी समावेश गरिएको थियो। पुरुष तर्फ ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५ र ६५–७० केजी तौल समुहका खेलाडी सहभागि भएका थिए। त्यसै गरि महिलातर्फ पनि सोहि तौल समुहले सहभागिता जनाएका थिए।

खेलमा स्वर्ण १६, रजत १६, कास्य ३२ गरि जम्मा ६४ वटा पदक बाडिएको थियो। प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी, उदयमान खेलाडी, प्रशिक्षक र निर्णायकलाई दश दश हजार नगदसहित सम्मान गरिएको थियो भने टिम प्रथम, द्धितिय र तृतियलाई आर्कषक ट्रफी, प्रमाण पत्र तथा नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ।

प्रकाशित: ४ कार्तिक २०७६ ०३:३० सोमबार

मार्शल_आर्टस राष्ट्रिय_प्रतियोगिता