खेल

श्रीलंका र भारत फाइनलमा

काठमाडौं – श्रीलंका र भारत प्रथम दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिपअन्तर्गत आइतबार फाइनलमा प्रवेश गरेका छन्। नेपाल नेटबल संघद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा श्रीलंकाले घरेलु टोली नेपाललाई ५२–१५ ले पराजित ग¥यो। श्रीलंकाकी ‘वुमन अफ दी म्याच’ रम्दुला गाभिजियाले सर्वाधिक २० स्कोर गरिन्।

लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको दोस्रो सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ४६–२५ ले हरायो। माल्दिभ्सकी मिस्का हुसेन ‘वुमन अफ द म्याच’ भइन्। फाइनल मंगलबार हुनेछ।

पाँच राष्ट्र सम्मिलित प्रतियोगितामा श्रीलंका पहिलो, भारत दोस्रो, माल्दिभ्स तेस्रो तथा नेपाल चौथो हुँदै सेमिफाइनलमा पुगेका गरेका थिए। त्यसअघि भएका समूह चरणको खेलमा श्रीलंकाले नेपाललाई ५३–१६ ले पन्छायो। श्रीलंकाकी हिरोनीले २६ अंक जोडिन्। श्रीलंकाकै नतासा ‘वुमन अफ दी म्याच’ बनिन्। माल्दिभ्सले पाकिस्तानलाई ३६–१० ले पाखा लगाएको थियो। ‘वुमन अफ दी म्याच’ आइसाब नुमीले १८ अंक जोडिन्।
    

 

प्रकाशित: ४ कार्तिक २०७६ ०१:५२ सोमबार

प्रथम_दक्षिण_एसियाली_यु–१६_नेटबल_च्याम्पियनसिप