मड्रिड – एइबरमाथि ३–० को सहज जितका साथ बार्सिलोना शनिबार स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोनाको सहज जितमा लियोनल मेसी, एन्टोनी ग्रिजम्यान र लुइस स्वारेजले समान एक गोल गरेका थिए।
१३औं मिनेटमा ग्रिजम्यानको गोलमा बार्सिलोना खेलमा अघि बढेको थियो। पहिलो हाफमा स्वारेजले गोल गरे पनि अफसाइड भएको भन्दै त्यसले मान्यता पाएन। ५८औं मिनेटमा मेसीले बललाई जाली चुमाउँदै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए। त्यसको ८ मिनेटपछि स्वारेजले बार्सिलोनाको अग्रता ३–० मा पु¥याएका थिए।
बार्सिलोनाले सबै खाले प्रतियोगिता गरी जित हात पारेको यो लगातार पाँचौं खेल हो। यस जितपछि ९ खेलमा १९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो।
एक खेल कम खेलेको रियाल मड्रिड दोस्रो स्थानमा छ भने ग्रानाडा १७ अंकका साथ तेस्रो स्थानमा छ। १५ अंक जोडेको एट्लेटिको मड्रिड तेस्रो, १३ अंकको रियाल सोसिडाड चौथो र १३ अंक नै जोडेको सेभिया पाँचौं स्थानमा छन्।
शनिबार चाँडो गरी भएको अर्को खेलमा ग्रानाडाले ओसासुनालाई १–० ले हराएको हो।
प्रकाशित: ३ कार्तिक २०७६ ०२:३५ आइतबार