खेल

विराटनगर टाईटन्सको लगातार दोस्रो जित

काठमाडौं- विराटनगर टाईटन्सले महिलाको फ्रेन्चाईज क्रिकेट लिग उमेन च्याम्पियन्स लिग प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। शुक्रबार काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा पोखरा पल्टनलाई ६ विकेटले हराउँदै विराटनगर टाईटन्सले लगातार दोस्रो जित निकालेको हो।

पोखरा पल्टनले दिएको ९५ रनको सामुन्य विराटनगर टाईटन्सले १५ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा ग¥यो। उसको जितमा लक्ष्मी चौधरीले २३ तथा ज्योति पाण्डेले २२ रन जोडेका थिए। अश्मिना कर्माचार्यले अविजित १६ र डोली भट्टले १२ रन जोडे। पोखरा पल्टनको भने यो दोस्रो लगातार हार हो।

बुधबारबाट सुरु भएको सो खेल प्रतियोगितामा ५ मुख्य सहरका ५ वटा टिम सहभागी भएका छन्। प्रतियोगितामा विजेता टोलीले ७ लाख नगदसहितको पुरस्कार पाउनेछ।

प्रकाशित: १ कार्तिक २०७६ ०९:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App