खेल

महिला क्रिकेटः पोखरा पल्टनमाथि क्याट क्विन्स काठमाडौंको जित

फाइल फोटाे

काठमाडौं- क्याट क्विन्स काठमाडौंले महिलाको फ्रेन्चाईज क्रिकेट लिग उमेन च्याम्पियन्स लिगमा पहिलो जित निकालेको छ। बिहीबार काठमाडौंको कीर्तिपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा पोखरा पल्टनलाई ८२ रनले पराजित गर्दै क्याट क्विन्स काठमाडौंले पहिलो जित निकालेको हो।

पोखरा पल्टनका लागि कप्तान सिता राना मगरले सर्वाधिक १७ रन तथा विन्दु रावलले १३ रन जोडिन । अन्य खेलाडीले भने दोहोरो अंक जोडन सकेनन। पोखरा पल्टनलाई सस्तैमा समटेन क्याट क्विन्स काठमाडौंकी सरस्वती कुमारी र अप्सरी बेगमले २÷२ विकेट लिएका थिए। यस अघि टस हारेर पहिलो ब्याटिङ गरेको क्याट क्विन्स काठमाडौंले २० ओभरमा ५ बिकेट गुमाएर १५२ रन बनाएको थियो।

कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै ८३ रनको अर्धशतकीय इनिङस खेलिन। ६७ बलको सामना गरेकी रुविनाले १४ चौका र २ छक्का प्रहार गरिन। त्यसैगरी काठमाडौंका लागि रोमा थापाले १९ शोभा आलेले १२ तथा ईश्वरी विष्टले अबिजित १० रन जोडेका थिए।

बुधबारबाट सुरु भएको सो प्रतियोगितामा ५ मुख्य सहरका ५ वटा टिमको सहभागिता रहेको छ। प्रतियोगिताका विजेता टोलीले ७ लाख नगदसहितको पुरस्कार पाउनेछन्।

प्रकाशित: ३० आश्विन २०७६ १०:१६ बिहीबार

महिला_क्रिकेट क्याट_क्विन्स_काठमाडौं पोखरा_पल्टन