खेल

आइडो केन्दो टोलीको बिदाइ

काठमाडौं – दुई फरक राष्ट्रमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नेपाल आइडो तथा केन्डो संघको टोलीलाई मंगलबार बिदाइ गरियो। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच टोलीलाई बिदाइ गरे।

असोज २९ देखि कात्तिक ५ गतेसम्म मलेसियामा हुने मलेसिया केन्डो एक्सचेन्ज फर गुडविल टुर्नामेन्ट तथा सिंगापुरमा हुने ३१औं लिम चाइ क्वा टुर्नामेन्टमा नेपालले सहभागिता जनाउन लागेको हो। खेलाडीमा अमितकुमार चौधरी र दीपेश डंगोल, अफिसियलमा केशवकृष्ण डंगोल र सञ्जय न्याइच्याईं तथा व्यवस्थापकमा सुनीता डंगोल छन्। टोली बुधबार जाँदै छ।

प्रकाशित: २९ आश्विन २०७६ ०४:०४ बुधबार

अन्तर्राष्ट्रिय_प्रतियोगिता आइडो_केन्दो_टोली