खेल

तेक्वान्दो टोली कोरिया प्रस्थान

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग)का बारेमा छलफल गर्न नेपाल तेक्वान्दो संघका तीन सदस्यीय तेक्वान्दो टोली दक्षिण कोरिया प्रस्थान गरेको छ।

संघका उपाध्यक्ष नन्दुकुमार राई, महासचिव दीपराज गुरुङ र तेक्वान्दो प्रशिक्षक मनोज खड्गी बुधबार दक्षिण कोरियातर्पm प्रस्थान गरेको संघले विज्ञप्तीमार्पmत जनाएको छ। नेपालमा आयोजना हुने १३औं साग खेलका प्राविधिक र आवश्यक तयारीका बारेमा कोरियामा बृहत छलफल हुने संघको विज्ञप्तिमा उल्लेख छ।

सागमा समावेश रहेको तेक्वान्दोको पुम्से विधाको उमेर समूह खेलाउनका लागि एसियन तेक्वान्दो युनियनसँग अनुमति लिन तेक्वान्दो पदाधिकारी कोरिया पुगेको बुझिएको छ। अफिसियल रूपमा एसियाड र ओलम्पिकमा एकल, जोडी र टिम पुम्से खेलाउने भए पनि १३औं सागमा विभिन्न उमेर समूहको पुम्से राखिएको छ।

सोही खेलाउनका लागि नेपाली टोलीले एसियन तेक्वान्दो युनियनसँग पहल गर्नेछ। गत १२औं सागमा तेक्वान्दोको ग्यारोगी(फाइट) विधा मात्र समावेश गरिएको थियो। १३औं सागबाट भने पुम्से विधा पनि थपिएको हुँदा एसियन तेक्वान्दो युनियनसँग छलफल गर्नेछ।

संघका महासचिव गुरुङले यसअघि १३औं सागमा सहभागि राष्ट्र बंगलादेश र भुटानका सम्बन्धित तेक्वान्दो पदाधिकारीसँग पुम्से विधाका बारेमा छलफल गरिसकेका छन्।

प्रकाशित: २५ आश्विन २०७६ ०१:३६ शनिबार

तेक्वान्दो कोरिया_प्रस्थान