खेल

बंगलादेशका भारतीय प्रशिक्षक पाकिस्तान नजाने

ढाका – बंगलादेशको महिला क्रिकेट टोलीले यसै महिनाको अन्तिममा एकदिवसीय शृंखलाका लागि पाकिस्तान भ्रमण गर्ने भए पनि सो टोलीका भारतीय प्रशिक्षकहरूले भने भ्रमण नगर्ने भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले जनाएको छ।

भारतले काश्मिरलाई दिएको स्वतन्त्र राज्यको अधिकार खोसेसँगै भारत–पाकिस्तान सम्बन्धमा थप चिसोपना आएको थियो।
बंगलादेशले अक्टोवर २६ देखि नोभेम्बर ४ सम्म तीन ट्वान्टी–२० र २ एकदिवसीय शृंखलाका लागि पाकिस्तानको भं्रमण गर्दै छ। सबै खेल लाहोरस्थित गद्दाफी रंगशालामा हुने बताइएको छ।

तर भ्रमणअघि नेै बंगलादेश सरकारले पनि त्यहाँको सुरक्षा अवस्थाको बारेमा चासो देखाएको छ।बंगलादेश क्रिकेटका प्रमुख नाजिमुद्दिन चौधरीले बिसिसिआईको निर्णयमा परिवर्तन नभएमा महिला टोलीका मुख्य प्रशिक्षक अन्जु जैन, सहायक प्रशिक्षक देविका पाल्सिखर र ट्रेनर कविता पाण्डे भ्रमण टोलीमा नरहने बताएका छन्। यद्यपि उनीहरूले श्रीलंकामा अम्टोबर २० देखि २८ सम्म हुने एसिसी इमिर्जङ वुमेन्स एसिया कपमा भने टोलीमा हुनेछन्।

‘एसिया कप र पाकिस्तानविरुद्धको शृंखलाको समय लगभग उस्तै भएकाले हामीले अर्को टोली पनि तयार पारेका छांै,’ चोैधरीले भने, ‘हामी भारतीय प्रशिक्षकलाई श्रीलंका भ्रमणमा पठाउँछौ। पाकिस्तान भ्रमणका बारेमा आगामी दिनमा निर्णय लिनेछांै। हामी सुरक्षा अवस्थाको बारेमा बुझ्न छिट्टै एक विशेषज्ञ टोली त्यहाँ पठाउँछांै।’ बंगलादेशको महिला टोलीले पछिल्लो पठक २०१५ मा पाकिस्तान भ्रमण गरेको थियो।

 

प्रकाशित: १३ आश्विन २०७६ ०३:२१ सोमबार

बंगलादेश प्रशिक्षक