खेल

नेपालले दियो जिम्बावेलाई १३३ रनको सामान्य लक्ष्य

सिंगापुरमा जारी तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले जिम्बावेलाई १३३ रनको लक्ष्य दिएको छ। 

टेस्ट मान्यता प्राप्त राष्ट्र जिम्बावे सामु नेपाली व्यास्ट्म्यानले खुलेर ब्याटिङ गर्न नसक्दा मध्यम स्तरको रन प्रस्तुत गरेको हो। नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै उक्त योगफल तयार पार्यो।

इन्डियन एसोसियसन मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। नेपालको इन्डिङमा दिपेन्द्र सिह ऐरीले सर्वाधिक ४० रनको योगदान दिए। सोमपाल कामीले नट आउट २५ रन बनाए।

त्यस्तै कप्तान पारस खड्का १८ रनमा आउट भए। संदिप जोराले १७ रनको योगदान दिए। नेपालले पहिलो विकेटको रुपमा ईशान पाण्डेलाई ४  रन मै गुमाएको थियो।

त्यस्तै दोस्रो विकेटका रुपमा नेपालले आरिफ शेखलाई ८ रनमा गुमायो। यता तेस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई पेभेलियन फकेका थिए।

चौथो विकेटको रुपमा डेब्यु खेलाडी कुशल मल्ललाई २ रनमै आउट भए। विनोद भण्डारीले ११,  कुशल मल्ले २ रन बनाए। केही बेरमा जिम्बावेले व्याटिङ गर्ने छ।

 

प्रकाशित: १० आश्विन २०७६ १३:०८ शुक्रबार

त्रिकोणात्मक जिम्बावे नेपाल