खेल

भुटानलाई हराउँदै बंगलादेश फाइनलमा प्रवेश

काठमाडौं- नेपालमा जारी साफ यु–१८ च्याम्पियनसिप फुटबलमा बंगलादेश फाइनलमा प्रवेश गरेको छ। हलचोकस्थित एपिएफ क्लबको मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई ४–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

यसअघि बंगलादेशले समूह चरणको खेलमा श्रीलंकालाई ३–० हराउँदै र भारतसँग गोल रहित बराबरी खेल्दै समूह बी को उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको थियो। यस्तै भुटान समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। दोस्रो सेमिफाइन भारत समूह बि को विजेता र माल्दिभ्स समूह ए को उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेका थिए। फाइनल खेल आइतबार हुनेछ। 

प्रकाशित: १० आश्विन २०७६ १०:४९ शुक्रबार

साफ_यु–१८_च्याम्पियनसिप बंगलादेश भुटान