खेल

फाइनल रद्द हुँदा दुवैलाई ट्रफी

ढाका– जिम्बाब्वे, बंगलादेश र अफगानिस्तान सम्मिलित त्रिकोणात्मक ट्वान्टी–२० प्रतियोगिताको फाइनल खेल रद्द भएको छ। आयोजक बंगलादेश र अफगानिस्ताबीच हुने फाइनल खेल वर्षाका कारण रद्द भएको हो ।

मंगलबार अबेरसम्म वर्षा भएपछि नरोकिने संकेत देखिएपछि म्याच अफिसियल्सले खेल रद्द भएको घोषणा गरेका हुन्। रद्द भएसँगै ट्रफी संयुक्त रूपमा प्रदान गरिएको छ।

बंगलादेशको खेल इतिहासमा दुई टोलीभन्दा बढी टोलीले सहभागिता जनाएको ट्वान्टी–२० त्रिकोणात्मक प्रतियोगितामा पहिलो पटक उपाधि घरमै राख्न सफल भएको हो। 

लिगअन्तर्गत बंगलादेशले चारमध्ये तीन खेलमा जित निकालेको थियो भने अफगानिस्तानले चारमध्ये दुई खेलमा जित निकाल्दै शीर्ष दुईमा स्थान बनाएको थियो। जिम्बाब्वे भने बंगलादेश र अफगानिस्तानसँग पराजित भएको थियो। 

 

प्रकाशित: ९ आश्विन २०७६ ०५:३४ बिहीबार

ट्वान्टी–२० बंगलादेश जिम्बाब्वे अफगानिस्तान