खेल

थ्रीस्टाको अध्यक्षमा पुनः अरुणमान

काठमाडौं– अरुणमान जोशी ‘ए’ डिभिजन क्लब थ्री स्टारको अध्यक्षमा पुनः अरुणमान जोशी चयन भएका छन्। क्लबको वार्षिक साधारणसभाले जोशीको अध्यक्षतामा १९ सदस्सीय कार्यसमिति निर्विरोध चयन गरेको हो।

उपाध्यक्षमा निर्मल रत्न शाक्य, अतिश कृष्ण श्रेष्ठ, रमेश अवाले, कृष्ण अवाले, बिरेन्द्र लाल श्रेष्ठ र जय कृष्ण श्रेष्ठ चयन भएका छन्। 

महासचिवमा सन्जिब शिल्पकार र  कोषाध्यक्षमा राम श्रेष्ठ निर्विरोध चयन भएका हुन्। सचिवमा कुल बहादुर महर्जन र निवास गोपाल वैद्य चयन हुँदा सहकोषाध्यक्षमा देवेन्द्र छानिए।

सदस्यहरुमा राम कृष्ण चित्रकार, प्रेम बहादुर चित्रकार, हरि महर्जन, रामेश्वर अवाले, रुपेन्द्र पुरी र मुकेश नकर्मी रहेका छन्। दुई सदस्यको टुङ्गो भने चयन गरिने क्लबले जानकारी दियो। 

 

प्रकाशित: ६ आश्विन २०७६ ०६:१० सोमबार

थ्री_स्टार अरुणमान_जोशी