खेल

बूढानीलकण्ठ विजयी

काठमाडौ– बूढानीलकण्ठले पाँचौं बिएमके खुला पुरुष बास्केटबल प्रतियोगितामा आइतबार जित हात पारेको छ ।

विशाल मिलन केन्द्र (बिएमके) को आयोजनामा भइरहेको प्रतियोगितामा बूढानीलकण्ठले आयोजक बिएमकेलाई ७१–५३ ले पराजित गरेको हो। बूढानीलकण्ठका सौगातदीप सिंहले १८ अंक जोडे।

 
त्यसैगरी, अन्य खेलमा गोल्डेनगेट र एनसिएचएस विजयी भए। गोल्डेनगेटले आइस वाकरलाई ४९–४३ ले हराउँदै लगातार दोस्रो जित हात पार्यो। गोल्डेनगेटका अभिषेक सिंहले १५ स्कोर गरे।

एनसिएचएसले अन्नपूर्णमाथि ६२–३० को सहज जित दर्ता गर्यो। एनसिएचएसका सन्दीपले १३ अंक जोडे। गोर्खा ब्वाइजले हुपर्सबाट वाकओभर पायो।

प्रकाशित: ६ आश्विन २०७६ ०५:४७ सोमबार

खुला_पुरुष_बास्केटबल बूढानीलकण्ठ