खेल

साफ यू–१८ च्याम्पियनसिप–  नेपाल भूटानसंग एक शुन्यले पछि

काठमाडौं– साफ– यू–१८ फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल र भूटानबीच भिडिरहेको छन्। खेलको पहिलो हाफमा नेपाल एक शुन्यले पछि परेको छ।

नेपालले  ४१ औं मिनेटमा गोल खाएको हो। नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै भूटानका  यसि दोर्जीले गोल गरेका हुन्।

बर्षाले प्रभावित खेलमा नेपालले खोलका राम्रा अवसर बनाएपनि गोल भने गर्न सकेन। एपीएफको हलचोक मैदानमा भएको खेलमा भूटानले पनि केही राम्रा अवसर सृजना गरेको थियो। 

नेपालले माल्दिभ्ससंग खेलेको टिममा दुई खेलाडी परिवर्तन गरि खेलाएको छ। अग्रपंतिमा मनिष डाँगी र बृजेश चौधरी रहेका छन्। डाँगी मल्दिभ्स विरुद्धका गोल स्कोरर हुन्। 

समूह ‘ए’ 
प्लेईङ–११
गोलकिपर –विशाल सुनार

डिफेन्डर– अन्जल महर्जन, नविन गुरुङ, विशाल बस्नेत, रन्दिप पौडेल

मिडफिल्डर– शिशिर लेखि, या गुरुङ, मनिष थापा, नितिन थापा

फरवार्ड–  मनिष डाँगी, बृजेश चौधरी

प्रकाशित: ५ आश्विन २०७६ १०:०३ आइतबार

भूटान नेपाल साफ–_यू–१८_फुटबल_च्याम्पियनसिप