खेल

साफ यु–१८ च्याम्पियनसिप– पहिलो हाफमा नेपाल एक शून्यले पछि

काठमाडौं– साफ यु–१८ च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससंग पहिलो हाफमा एक गोलले पछि परेको छ। हलचोकस्थित एपिएफको खेलमैदानमा जारी खेलमा माल्दिभ्सका कप्तान हसन नजिब रहेमानले गोल गरे।

उनले १४ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका हुन्।  नेपालले गोलका अवसर सृजना गरेपनि गोल भने गर्न सकेन। ६ देशले सहभागिता जनाएको प्रतियोगितामा नेपालले उद्घाटन खेलमा माल्दिभ्सको सामना गरिरहेको छ।

यसअघिका संस्करणमा माल्दिभ्सविरुद्ध सुखद नतिजा हात पारेको नेपाल सोही नतिजालाई निरन्तरता दिने लक्ष्यमा लिएको छ।  पहिलो संस्करणमा नेपालले माल्दिभ्सविरुद्ध २–० को जित निकालेको थियो ।

यस्तै २०१५ मा भएको पहिलो संस्करणमा नेपालभन्दा भिन्न समूह रहेको माल्दिभ्सले समूहचरण पार गर्न असफल भएको थियो ।  समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल असोज ५ गते भुटानसँग खेल्नेछ ।

समूह ‘बी’ मा भारत, श्रीलंका र बंगलादेश छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । 

 

प्रकाशित: ३ आश्विन २०७६ १०:०६ शुक्रबार

साफ_यु–१८_च्याम्पियनसिप नेपाल माल्दिभ्स