खेल

वैद्य एसियन टेबल टेनिस युनियनमा

काठमाडौं– अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द वैद्य एसियन टेबल टेनिस युनियनको जुनियर्स कमिटीको सदस्यमा चयन भएका छन्।

इन्डोनेसियामा जारी २४औं एसियन टेबल टेनिस प्रतियोगिताका दौरान भएको युनियनको कँग्रेसले दक्षिण एसियाको तर्फबाट वैद्यलाई उक्त कमिटीमा चयन गरिएको हो।

यस्तै गरी संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य भेट्रान्स कमिटीमा तथा महासचिव शंकर गौतम टेक्निकल तथा रेफ्री कमिटीमा चयन भएको संघका उपाध्यक्ष एवं प्रतिनिधि धर्ममान वज्राचार्यले जानकारी गराएका छन् ।

प्रकाशित: ३ आश्विन २०७६ ०४:४३ शुक्रबार

टेबल_टेनिस_युनियन