खेल

शिक्षक भलिबल शुक्रबारदेखि

काठमाडौं– जीवन ज्योति इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा प्रथम जीवन ज्योति कप अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

प्रतियोगितामा १६ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने जीवन ज्योतिका प्रिन्सिपल विष्णु पनेरूले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने विद्यालय सञ्चालक समितिका अध्यक्ष राजन अधिकारीले जानकारी दिए। दुईदिने प्रतियोगिताका खेलहरू मनमैजुस्थित आयोजक तथा मानसिंह स्कुलको कोर्टमा खेलाइनेछ।

प्रकाशित: ३ आश्विन २०७६ ०४:२१ शुक्रबार

अन्तरविद्यालय_शिक्षक_भलिबल